शनिबार, जेष्ठ १७, २०७७
    खेल संसार

    प्रदेश नं ४ स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा

    प्रतियोगिताअन्तर्गत छात्रछात्रा भलिबल, कबड्डी, उसु, कराँते, र तेक्वान्दो, गरी ११ वटै जिल्लाबाट ७९२ जना खेलाडीको सहभागिता

    शनिबार, १९ जेष्ठ २०७५, आहाखबर

    पोखरा, १९ जेठ

    युवा तथा खेलकूद मन्त्रालयको तत्वाधान, राष्ट्रिय खेलकूद परिषद्को संयोजन तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा हुने प्रदेश नं ४ स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । 

    विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको पश्चिमाञ्चल खेलकूद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । 

    पोखरा रंगशालामा यही जेठ २० र २१ गते आयोजना हुने प्रतियोगितामा प्रत्येक निर्वाचन क्षेत्र, जिल्लास्तरका प्रतियोगिताबाट छनोट भएका खेलाडीको सहभागिता रहने पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताए । 

    प्रतियोगिताअन्तर्गत छात्रछात्रा भलिबल, कबड्डी, उसु, कराँते, र तेक्वान्दो, गरी ११ वटै जिल्लाबाट ७९२ जना खेलाडी र १३२ जना निर्णायक गरी जम्मा ९२४ जनाको सहभागिता रहने उनले बताए । 

    प्रतियोगितामा प्रथम हुने जिल्लालाई नगद रु २० हजारसहित प्रदेश नं ४ को राष्ट्रपति रनिङ शिल्ड, दोस्रो हुने जिल्लालाई नगद रु १५ हजार ट्रफी र तेस्रो हुने जिल्लालाई नगद रु १० हजार ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । 

    प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी काठमाडौँमा यही जेठ २३ देखि २५ गतेसम्म सञ्चालन हुने केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता गरिने भएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast