बिहिवार, असोज २, २०७६
    कृषि-उर्जा

    कृषि विकास कार्यालयद्वारा मकैखेतीको लागि दुईवटा जातको बीउ सिफारिस

    सिफारिस गरिएको बीउ तुलसीपुर क्षेत्रमा ८ सय किलो, घोराहीमा चार हजार १०० किलो र शान्तिनगरमा एक हजार ४०० किलो सम्बन्धित क्षेत्रमा रहेका एग्रोभेटमा राखिएको

    शुक्रबार, १८ जेष्ठ २०७५, आहाखबर

    तुलसीपुर, दाङ, १८ जेठ 

    कृषि विकास कार्यालयले यसपटक दुईवटा जातको मकैको बीउ सिफारीस गरेको छ । 

    कार्यालयका बाली विकास अधिकृत सुमन खनालका अनुसार सिफारिस गरिएका बीउमा अरुण र राम्पुर कम्पोजिट मकैको जात रहेको छ । यी दुवै जातका मकैबाट किसानले उत्पादन तथा बिक्रीको उचित मूल्य पाउने खनालको भनाइ छ । 

    कार्यालयले अभियानमुखी कृषि उत्पादन कार्यक्रमअन्तर्गत ती दुवै मकैको बीउको मूल्य प्रतिकिलो रु ७५ तोकेको छ । यसरी सिफारिस गरिएको बीउ तुलसीपुर क्षेत्रमा ८ सय किलो, घोराहीमा चार हजार १०० किलो र शान्तिनगरमा एक हजार ४०० किलो सम्बन्धित क्षेत्रमा रहेका एग्रोभेटमा राखिएको छ । किसानले ती एग्रोभेटबाटै बीउ खरिद गरीरहेका छन् । 

    गत वर्ष कार्यालयले अनुदानमा १६ टन मकैको बीउ वितरण गरेको थियो भने यस पटक ६ टन मात्र बीउ वितरण गरेको अधिकृत खानलले जानकारी दिए। यस वर्ष प्रत्येक गाउँपालिका र नगरपालिकाले बीउ वितरण गर्ने छन् । जिल्लामा २४ हजार हेक्टर क्षेत्रफलमा मकैखेती गरिन्छ । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast