बिहिवार, असोज २, २०७६
    कृषि-उर्जा

    म्याग्दीमा उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले कृषकलाई अनुदानमा कृषि औजार वितरण

    चालु आर्थिक वर्षमा कृषि र पशु विकास क्षेत्रमा रु एक करोड ९ लाख विनियोजन गरेको गाउँपालिकाले कृषकलाई अनुदानका लागि करीब रु चालीस लाख बजेट छुट्टाएको छ ।

    शुक्रबार, १८ जेष्ठ २०७५, आहाखबर

    बाबियाचौर, म्याग्दी, १८ जेठ 

     कृषि उपजको उत्पादन  वृद्धि र लागत घटाउने उद्देश्यले मंगला गाउँपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । 

    कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले नगरपालिको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । 

    कृषि विकास, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पशु विकास कार्यक्रमअन्तर्गत औजार वितरण गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख नीरञ्जन तिवारीले बताए । बीसवटा मिनीटेलर हलो, पाँचवटा मकै छोडाउने मेसिन, ६० वटा बीउ सुकाउने त्रिपाल, ४० वटा पलास्टिक टनेल, १५ वटा स्प्रे टंकी (विषादी राखेर छर्कने भाँडा) र दुईवटा चेप कटर वितरण गरिएको हो । 

    मंगलाको कुहुँ, बाबियाचौर, बरंजा र अर्मनका कृषकबाट आवेदन संकलन गरी उनीहरुले माग गरे अनुसारका सामान खरिदमा अनुदान उपलब्ध गराइएको हो । पचासवटा मौरी घार र तीनवटा पावर टिलर खेत जोत्ने आधुनिक हलोसमेत वितरण गरिने गाउँपालिकाले जनाएको छ । 

    चालु आर्थिक वर्षमा कृषि र पशु विकास क्षेत्रमा रु एक करोड ९ लाख विनियोजन गरेको गाउँपालिकाले कृषकलाई अनुदानका लागि करीब रु चालीस लाख बजेट छुट्टाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast