मंगलवार, जेष्ठ २०, २०७७
    ओएमजी Omg!

    जुवाडे पतिको कर्तुत : जुवामा हारेपछि सुम्पिदिए आफ्नै पत्नी !

    एक जुवाडे पतिले जुवामा आफ्नै पत्नी दाउमा राख्दा हारेपछि आफैंले पत्नीको साडी फुकालिदिएर कथित रुपमा जुवा जित्नेसमक्ष सुम्पिए

    शुक्रबार, १८ जेष्ठ २०७५, आहाखबर

    ओडिसा, १८ जेठ 

    भारतको ओडिसामा विचित्रको घटना प्रकाशमा आएको छ ।

    एक जुवाडे पतिले जुवामा आफ्नै पत्नी दाउमा राख्दा हारेपछि आफैंले पत्नीको साडी फुकालिदिएर कथित रुपमा जुवा जित्नेसमक्ष सुम्पिएको र आफ्नै अगाडि पत्नी बलात्कृत भएको हेरेको मामलामा प्रहरीले अनुसन्धान थालेको छ ।

    पीडित महिलाले माइती पक्षको सहयोगमा प्रहरीमा उजुरी दर्ता गरेको बताइएको छ । प्रहरीमा उजुरी दर्ता भएलगत्तै पीडितका पति र जुवा जितेर बलात्कार गर्ने पुरुष दुवै फरार भएको प्रहरी अधिकारीले जनाएका छन् ।

    पीडित महिलाको मेडिकल जाँच गरिएको छ । प्रहरीले बलात्कार तथा अन्य विभिन्न अपराधमा दुवै आरोपीमाथि कारवाही अघि बढाएको छ ।

     

    पीडित महिलाका अनुसार गत मे २३ तारिखमा राति करिब ११ बजे उनका पति घर आएर बाहिर लगेका थिए । आफूले यति राति कता जाने भनेर सोध्दासमेत जवाफ नदिइ गाउँबाट केही टाढा पुर्‍याएको उनले बताइन् ।

    उक्त स्थानमा पतिको साथी पहिलादेखि नै रहेको र आफूहरु पुग्दासाथ उसले आफ्नो हात समातेर तानेको उनले बताइन् । ‘मैले विरोध गरेँ तर मेरै पतिले मेरो साडी खोलिदिएर उसको साथ मलाई सुम्पियो ।’

     

    आफूलाई तानेर केही पर लगेर उक्त पुरुषले बलात्कार गरेको उनले बताइन् । बलात्कारपछि मात्र आफूलाई पतिले जुवामा हारेको परिणाम आफूले बलात्कारका रुपमा तिर्नुपरेको थाहा पाएको उनको भनाइ थियो ।

    प्रहरीले पीडित महिला र उनको माइती पक्षको परिचय खुलाएको छैन ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast