शुक्रबार, जेष्ठ २३, २०७७
    बैंक-बीमा

    अनलाइनबाट सामान किन्दा कुमारी बैंकको १० प्रतिशत क्यास ब्याक

    ‘कुमारी महाबचत योजना’ मार्फत बैंकको मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुले अनलाइन सामान खरीद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक पाउने छन्

    शुक्रबार, १८ जेष्ठ २०७५, आहाखबर

    काठमाडौँ , १८ जेठ 

    कुमारी बैंकले आफ्ना मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई मेरोकिराना ड्टकमबाट अनलाइन अर्डर मार्फत सामान खरिद गर्दा १० प्रतिशत सम्मको क्यास ब्याक (नगद फिर्ता) योजना ल्याएको छ।

    ‘कुमारी महाबचत योजना’ मार्फत बैंकको मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुले अनलाइन सामान खरीद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक पाउने छन्। काठमाडौं उपत्यका भित्र लागु हुने यो योजनामा किरानाले काठमाडौंको चक्रपथ भित्रको क्षेत्रमा निशुल्क डेलिभरीको व्यवस्था मिलाएको जनाएको छ।

    यो अनलाइनबाट ग्राहकले खाद्यान्य लगायतका घरायसी सामानहरु सुपथ मूल्यमा खरीद गरि निःशुल्क डेलिभरीको लाभ उठाउन सक्ने बैंकले जनाएको छ।

    बैंकका हाल ८५ वटा शाखाहरु, ६१ वटा एटिएम संचालनमा छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast