बिहिवार, आषाढ २५, २०७७
    बिदेश

    २० वर्षपछि उत्तर कोरियाका उच्च नेता अमेरिकामा, विदेशमन्त्रीलाई भेटे

    यसअघि ट्रम्प र किमबीच १२ जुनमा सिंगापुरमा हुने भनिएको ऐतिहासिक शिखर वार्ता अमेरिकाले एकतर्फी स्थगित गरेको थियो

    बिहिवार, १७ जेष्ठ २०७५, आहाखबर

    काठमाडौं, १७ जेठ

    उत्तर कोरियाली नेता किम जोङ उनका दाहिने हात मानिने एक नेताले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता गरेका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यसअघि तय भएको भेटवार्ता के हुने भन्ने अन्योल कायम रहेका बेला किमका अतिनिकटस्थ नेता जनरल किम योङ चोलले विदेशमन्त्री माइकलाई न्यूयोर्कमा भेटेका हुन् ।

    चोल अमेरिका भ्रमण गर्ने २० वर्ष यताकै हाइप्रोफाइल नेता हुन् । उनी चीनको राजधानी बेइजिङबाटबाट एयर चाइनाको जहाज चढेर अमेरिका पुगेका थिए ।

    यसअघि ट्रम्प र किमबीच १२ जुनमा सिंगापुरमा हुने भनिएको ऐतिहासिक शिखर वार्ता अमेरिकाले एकतर्फी स्थगित गरेको थियो । परमाणु निःशस्त्रीकरणका विषयमा विवाद भएपछि ट्रम्पले पूर्वनिर्धारित कार्यक्रम रद्दको घोषणा गरेका थिए । तर अमेरिका र उत्तर कोरियाली नेताबीच वार्ताको वातावरण बनाउने प्रयास जारी छ ।

    यसै प्रयासस्वरुप उत्तर कोरियाली नेता किमका निकटस्थ चोल र अमेरिकी विदेशमन्त्री माइकबीच पहिलो छलफल भएको छ र आजै अर्को चरणको भेटवार्ता हुनेछ ।

    दुईबीचकाे उच्चस्तरीय भेटले जारी असहमति हल हुने विश्वास लिइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast