शुक्रबार, जेष्ठ १६, २०७७
    ओएमजी Omg!

    भारतमा नायब तहसिलदार पदको परीक्षामा एउटा गधालाई पनि दिइयो प्रवेशपत्र !

    गधाको नाममा फाराम भर्ने मानिस र आवेदन जाँचबुझ नगरी प्रवेशपत्र जारी गर्ने सरकारी अधिकारीहरु दुबै उत्तिकै दोषी रहेको आवाज उठेको छ

    मंगलवार, १५ जेष्ठ २०७५, आहाखबर

    एजेन्सी, १५ जेठ 

    यहाँ एकसे एक मानिसहरुले पनि जागिर नपाएर बेरोजगार बन्नु परेको छ । केही पदमा जागिरका लागि आवेदन खुल्दा हजारौं आवेदकहरुको आवेदन पर्दछ । जागिरका लागि फाराम भर्नेको सूचीमा मानिस मात्र होइन, गधा पनि थपिएको छ ।

    भारतको जम्मु कास्मिरमा एउटा गधाले नायब तहसिलदारको पदमा जागिर खानका लागि परीक्षा आवेदन फाराम भरेको पाइएपछि त्यसले ठूलै तरंग ल्यायो ।

    जम्मु कास्मिर सेवा चयन बोर्डले उक्त गधाको आवेदन स्विकार गरी उसलाई प्रवेश परीक्षाको प्रवेशपत्र समेत जारी गरेको पाइएको छ ।
    जागिरका लागि भरिएको आवेदन फाराममा गधाको तस्वीर थियो । र, गधाको तिनपुस्ते खुलाइएको थियो ।

    राजश्व विभागअन्तर्गत नायब तहसिलदारका लागि उम्मेदवार छनोट गर्न गत अपि्रल २९ मा लिखित परीक्षा भएको थियो ।

    यद्यपि उक्त लिखित परीक्षामा गधा सामेल त भएन तर गधाको नाममा प्रवेशपत्र जारी भएको घटनाले तहल्का चाहीँ मच्चाएको  छ ।
    गधाको नाममा जारी भएको प्रवेशपत्र सोसल मिडियामा खुबै भाइरल बन्यो । यसरी गधाको नाममा फाराम भर्ने मानिस र आवेदन जाँचबुझ नगरी प्रवेशपत्र जारी गर्ने सरकारी अधिकारीहरु दुबै उत्तिकै दोषी रहेको आवाज उठेको छ ।

    जम्मु कास्मिर बोर्डमा यसरी जनावरको नाममा प्रवेश पत्र जारी भएको यो पहिलो पटक चाहीँ होइन । सन् २०१५ मा उक्त बोर्डले यसैगरी गाईको नाममा पनि प्रवेशपत्र जारी गरेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast