मंगलवार, मंसिर ३, २०७६
    ब्राण्ड/संगठन

    ल्याभेण्डर ब्राण्डका सेनिटरी नेप्कीन नेपाली बजारमा, स्वास्थ्य अनुकुल भएको दाबी

    भविष्यमा नेपालमै प्लान्ट स्थापित गरेर यसको उत्पादन थालिने, ल्याभेण्डरका उत्पादनहरु विभिन्न फरक-फरक साइजमा उपलब्ध

    मंगलवार, ८ जेष्ठ २०७५, आहा संवाददाता.
    काठमाडौं, जेष्ठ ८ ।
     
    मलेशियन कम्पनी युनिजेनेरेशन एसडीएन बिएचडीले ल्याभेण्डर ब्राण्डका सेनिटरी नेप्कीन नेपाली बजारमा ल्याएको छ । कम्पनीले राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त कुराको जानकारी गराएको हो ।
     
    सो अवसरमा पूर्व मिस नेपाल रुबी राणा तथा कमला श्रेष्ठको पनि उपस्थिती थियो । कार्यक्रममा उपस्थित उनीहरुले भर्खरै नेपाली बजारमा भित्रिएको यस ल्याभेण्डर ब्राण्डका सेनीटरी नेप्कीन र महिला स्वास्थ्यसँग जोडिएका विषयमा प्रकाश पारेका थिए ।
     
    युनिजेनेरेशन एसडीएन बिएचडीका तर्फबाट नेपाली बजारमा ल्याभेण्डरको वितरणको अधिकार पाएका उद्यमी डिएन थापाका अनुशार भविष्यमा यसको प्लान्ट नेपालमै स्थापित गरेर उत्पादन थालिने छ । हाल यो मलेशियामा उत्पादन हुँदै आएको ब्राण्ड हो ।
     
    त्यस्तै, बिभिन्न फरक फरक साइजमा उपलब्ध यसको उत्पादनको जिम्मा पनि पछि स्थानीय नेपाली उद्यमीलाई नै दिइने तथा त्यसले रोजगारीको समेत सृजना गर्ने थापाले बताए ।
     
    विशेष गरी महिनावारी भएका बेला महिलाहरुले प्रयोग गर्ने सेनिटरी नेप्किन उनीहरुको स्वास्थ्यसँग पनि जोडिएको विषय भएकाले ल्याभेण्डरका उत्पादनहरु स्वास्थ्य अनुकुल भएको कार्यक्रममार्फत जानकारी गराइएको थियो । कार्यक्रममा युनिजेनेरेशन एसडीएन बिएचडीका तर्फबाट त्यसका निर्देशकले समेत यसको महत्वमाथि प्रकाश पारेका थिए । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast