बिहिवार, असोज ३०, २०७६
    साहित्य

    राष्ट्रकवि घिमिरे अस्पताल भर्ना, हाई केयर युनिटमा राखेर उपचार हुँदै

    उनान्सय वर्षीय माधवप्रसाद घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या

    सोमबार, ७ जेष्ठ २०७५, आहाखबर

    काठमाडौँ, ७ जेठ :

    राष्ट्रकवि माधवप्रसाद घिमिरे रक्तस्राव बढेपछि अस्पताल भर्ना हुनुभएको छ । 

    मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि उहाँलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेले जानकारी दिए । 

    आन्तरिक रक्तस्राव भएपछि हाई केयर युनिटमा राखेर अहिले उहाँको उपचार उपचार हुँदै आएको छ ।

    उनान्सय वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast