सोमबार, कार्तिक २५, २०७६
    कृषि-उर्जा

    हावाहुरीले केरा खेतीमा १० लाखभन्दा बढीको क्षति भएको विवरण

    ऋण निकालेर केरा खेती गरेका किसानले भने “सबै हुरीबतासले उडाएर लगेपछि ऋण कसरी तिर्ने भन्ने पिरलो भएको छ ।”

    शुक्रबार, ४ जेष्ठ २०७५, आहाखबर

    कञ्चनपुर, ४ जेठ

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले केरा खेतीमा रु दश लाखभन्दा बढीको क्षति गरेको छ । 

    नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं १२ का सातजना किसानले लगाएको २९ हजार ४६१ वर्गमिटर क्षेत्रफलमा लगाएको केराखेतीमा क्षति भएको हो । 

    हावाहुरीले पसाएको केराका बोट ढालेपछि निकै क्षति व्यहोर्नु परेको कृषि शाखा प्रमुख वीरबहादुर कुँवरले बताए । हावाहुरीले केरा खेतीमा निकै नोक्सानी पुर्याएपछि किसानले क्षतिपूर्तिका लागि नगरपालिकासम्म पुगेका छन् । 

    १३ हजार ५४५ वर्गमिटर क्षेत्रफलमा केराखेती गरेका मोहन रानाले केराका सबै पसाएका बोट ढलेपछि ठूलो क्षति ब्यहोर्नु परेको बताए । ऋण निकालेर केरा खेती गरेको थिएँ, उनले भने, “सबै हुरीबतासले उडाएर लगेपछि ऋण कसरी तिर्ने भन्ने पिरलो भएको छ ।” 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast