बुधबार, कार्तिक २७, २०७६
    कृषि-उर्जा

    अर्र्गानिक विधिद्वारा खेती गर्नुको विकल्प छैनः कृषिमन्त्री साह

    निगौल गाई गौशालामा हाल कार्यालय प्रमुख नहुँदा लामो समयदेखि निमित्तको भरमा सञ्चालनमा आएको छ

    मंगलवार, १ जेष्ठ २०७५, आहाखबर

    महोत्तरी, जेठ १

    कृषि क्षेत्रलाई प्रबद्र्घन गर्नका लागि किसानले अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प नरहेको प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द्र साहले बताएका छन् । 

    सोमबार महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशाला व्यवस्थापन कार्यालयको अनुगमन गर्दै कृषिमन्त्री साहले प्रदेश नं २ पूर्णयता कृषिमा आधारित रहेकाले कम समयमा बढी उत्पादन गर्नका लागि सो विधिको विकल्प नरहेकोमा जोड दिए । 
    यस संस्थालाई देशकै नमूना संस्था बनाउनका लागि कुनै कसर बाँकी नराख्ने मन्त्री साहले प्रतिबद्धता जनाए । 

    कार्यक्रमका बीच प्रदेश अर्थमन्त्री विजय यादवले भारतका दरभंगाका महाराजले सञ्चालनमा ल्याएको ऐतिहासिक यस संस्थालाई जोगाउनका लागि प्रदेश सरकारले आगामी दिनमा हरसम्भव सहयोग गर्ने धारणा राखे । सोही क्रममा गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले देशकै नमूना संस्थालाई जोगाउनका लागि चौतर्फी सहयोगको माग गरेका थिए । 

    राष्ट्रिय कृषि विकास बोर्डद्वारा सञ्चालित निगौल गाई गौशालामा हाल कार्यालय प्रमुख नहुँदा लामो समयदेखि निमित्तको भरमा सञ्चालनमा आएको छ जसका कारण संस्थाले सोचेअनुसारको प्रगति गर्न नसकेको कार्यालय स्रोतको भनाइ रहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast