सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    केशवनारायण चोकको पुनःनिर्माण असारसम्म सकिने, अष्ट्रेलीयाको युनिभर्सिटीद्वारा आर्थिक सहयोग !

    सङ्ग्रहालय रहेको यो चोकको पुनःनिर्माणका लागि पहिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झण्डै रु ६३ लाख सहयोग गरेको थियो

    सोमबार, ३१ बैशाख २०७५, आहाखबर

    ललितपुर, ३१ वैशाख

    पाटन दरबार क्षेत्रमा रहेको केशवनारायण चोकको पुनःनिर्माण आगामी असारसम्म गरिसक्ने तयारी भएको छ ।

    काम धमाधम अघि बढेकाले अब दुई-तीन महिनासम्ममा सकिने पाटन सङ्ग्रहालयले जनाएको छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक सुरेश लाखेले पश्चिम गाह्रोको काम सकिन लागेको बताए । निरन्तर वर्षाका कारण छानाको काम भने रोकिएको छ । उनले भने, “वर्षा रोकिनासाथ छानाको काम गरिनेछ ।” दुई-तीनदिनपछि उत्तर र दक्षिण गाह्रोको काम शुरु हुनेछ ।

    सङ्ग्रहालय रहेको यो चोकको पुनःनिर्माणका लागि पहिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झण्डै रु ६३ लाख सहयोग गरेको थियो । उत्तर र दक्षिण भागको गाह्रो निर्माणका लागि रु ४२ लाखमा केही समय पहिलेमात्रै ठेक्का भएको छ । यसमा अष्ट्रेलीयाको युनिभर्सिटी अफ एप्लाइड साइन्सले आर्थिक सहयोग गरेको छ । अपुग पैसा भने सङ्ग्रहालय आफैँले पनि हाल्दैछ । कार्यकारी निर्देशक लाखेले भने, “हामी जसरी पनि चाँडो काम सकाउने तयारीमा छौँ ।”

    केशवनारायण चोकमा रहेको सङ्ग्रहालयलाई अहिले अस्थायी प्रदर्शनी कक्षमा राखिएको छ । चाँडो पुनःनिर्माण सकेर सङ्ग्रहालय पुरानै ठाउँमा सारिने जानकारी दिंदै उनले भने, “पुनःनिर्माण सकिएपछि दुई-तीन महिनामित्र सजावट गर्नुपर्छ र त्यो सकाएर सङ्ग्रहालय सारिनेछ ।”

    गत पुस महिनाबाट यो चोकमा पुनःनिर्माण शुरु भएको हो । दरबार क्षेत्रकै मूल चोकमा पनि अहिले पुनःनिर्माणको काम भइरहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast