बिहिवार, कार्तिक २८, २०७६
    विज्ञान/प्रविधि

    लिने होइन त!

    ‘स्न्याप’ नामक कम्पनीले ल्याएको चश्माबाटै यसरी खिच्न सकिन्छ फोटो र भिडियो

    चश्मामा जडित क्यामेरा डिभाइसलाई एक पटक चार्ज गरेपछि ७० वटा भिडियो खिच्न र त्यसलाई फोनमा ट्रान्सफर गर्न सकिने

    आईतवार, ३० बैशाख २०७५, आहाखबर

    काठमाडौँ, ३० वैशाख

    भिडियो र फोटो खिच्न मिल्ने गरि चश्मामै क्यामरा भएको चश्मा विक्री वितरण सुरु भएको छ । ‘स्न्याप’ नामक कम्पनीले अघिल्लो २६ अप्रिलमा उक्त चश्माको बिक्री वितरण सुरु गरेको हो ।

    उक्त चश्मा साना क्लिप्सहरु खिच्न र त्यसलाई स्मार्टफोनमा हालेर हेर्न सकिन्छ । ‘टेकन्युज वर्लड’ का अनुसार ‘स्पेक्ट्याकल्स स्पोर्ट’ नाम दिइएको उक्त चश्मामा ‘रे–बन’को जस्तै डिजाइन गरिएको छ । पातलो, हलुको र लगाउन पनि सजिलो यो चश्मा फेशनेवल पनि छ । यसलाई एउटा ‘वेयरेवल भिडियो क्यामेरा’ डिभाईस भन्न सकिन्छ ।

    यस चश्मामा रहेको बटमलाई थिचेर १० सेकेण्ड सम्मको भिडियो र केही सेकेण्ड अझ थिचेर फोटो पनि खिच्न सकिन्छ । यसलाई दुई या तीन पटक थिचेर २०–३० सेकेण्डको भिडियो क्याच गर्न सकिन्छ । यसबाट खिचिएको फोटो र भिडियो उच्च कोटीको हुने गरेको दाबी कम्पनीको छ । फोटोको रिजोल्युशन १६४२ गुणा १६४२ र भिडियो रिजोल्युसन १२१६ गुणा १२१६ रहेको छ । यति मात्रै हैन, यसमा सेकेण्ड माइक्रोफोन पनि जडान गरिएको छ । चश्माबाट भिडियो खिच्दा, निस्किने आवाज या गरिने कुराकानीलाई रेकर्ड गर्न माइक्रोफोन जडान गरिएको कम्पनीले जनाएको छ । यो चश्मा लगाएपछि मानिसको आवाज पनि सजिलै सुन्न सकिन्छ ।

    कम्पनीका अनुसार यो चश्मामा जडित क्यामेरा डिभाइसलाई एक पटक चार्ज गरेपछि ७० वटा भिडियो खिच्न र त्यसलाई फोनमा ट्रान्सफर गर्न सकिन्छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast