सोमबार, कार्तिक २५, २०७६
    कृषि-उर्जा

    उर्जा क्षेत्रको विकासको लागी उर्जामन्त्री वर्षमान पुनले ल्याए यस्ता योजना

    मन्त्री पुनले उर्जा क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण बनाउने योजना अघि सारेका छन्

    बिहिवार, २७ बैशाख २०७५, आहाखबर

    काठमाडौँ, २७ बैशाख

    उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले उर्जा र सिंचाईलाई मुलुकको आर्थिक समृद्धिको मुख्य आधार बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    मन्त्री पुनले उर्जा क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण बनाउने योजना अघि सारेका छन् । उनले सुशासनको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने सरकारको प्राथमिकता रहेको बताए ।

    नेपाल चेम्बर अफ कमर्शले बिहीबार काठमाण्डुमा आयोजना गरेको ‘उर्जा क्षेत्रको वर्तमान अवस्था र चुनौतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले मुलुकको आर्थिक क्षेत्रको विकासका लागि जलस्रोत चालक शक्तिको रुपमा रहेको उल्लेख गरे ।

    मन्त्री पुनले सुशासनलाई कायम राख्न सरकारले अधिकतम पहल गर्ने पनि बताए । उनले विकास र समृद्धिका लागि प्राप्त अवसर सदुपयोग गरेर अघि बढ्ने उल्लेख गरे ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast