सोमबार, कार्तिक २५, २०७६
    कृषि-उर्जा

    जुम्लामा सञ्चालित प्रादेशिकस्तरको कृषि महोत्सव सम्पन्न

    महोत्सवले यहाँको खस सभ्यता, पहिरन, खाना परिकार, पर्यटकीय सम्भावना प्रवद्र्धनमा अधिकतम सहयोग पुगेको

    मंगलवार, २५ बैशाख २०७५, आहाखबर

    सुर्खेत, २५ वैशाख

    जुम्लामा वैशाख १३ देखि २४ गतेसम्म सञ्चालित प्रादेशिकस्तरको कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सम्पन्न भएको छ । 

    उद्योग वाणिज्य संघ जुम्लाको आयोजनमा सञ्चालित सो महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले महोत्सवले कृषि, जल, जडीबुटी, पर्यटकीय सम्भावना, पुरातात्विक तथा ऐतिहासिक खस सभ्यता र भाषाशैलीको पहिचान दिन सफल भएको बताए । महोत्सव ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ सफल पार्ने आधार बनेको उनको भनाइ थियो । 

    “महोत्सवबाट कर्णालीको धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका साथै स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुगेको छ,” उनले भने । 

    पूर्व पशुपक्षी राज्यमन्त्री गोमा कुँवरले भावी दिनमा जुम्लालाई पर्यटकीय गन्तव्यका रुपमा रुपमा स्थापित गरिनुपर्ने बताए । 

    चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपाने (महत)ले महोत्सवबाट सोचेभन्दा बढी उपलब्धि भएको बताए । तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले सबै गाउँपालिकाको कला संस्कृतिलाई उजागर गर्न महोत्सवले सघाएको प्रतिक्रिया दिए । 

    महोत्सव आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले महोत्सवले यहाँको खस सभ्यता, पहिरन, खाना परिकार, पर्यटकीय सम्भावना प्रवद्र्धनमा अधिकतम सहयोग पुगेको बताए । एक लाख नागरिकले महोत्सवको अवलोकन गर्नाका साथै रु एक करोड ६० लाख कारोवार भएको उनले जानकारी दिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast