सोमबार, कार्तिक २५, २०७६
    कृषि-उर्जा

    स्थानीयवासीलाई गहुँ काट्ने थ्रेसर र चुलो हस्तान्तरण

    दुई महिनाअघि हस्तान्तरण गर्नुपर्ने चुलो र गहुँ काट्ने थ्रेसर प्राविधिक समस्याका कारण ढिलाइ

    सोमबार, २४ बैशाख २०७५, आहाखबर

    बाजुरा, २४ वैशाख

    बाजुराको बडीमालिका नगरपालिका ३ र ६ का स्थानीयवासीलाई आइतबार सुधारिएको चुलो र गहुँ काट्ने थ्रेसर हस्तान्तरण गरिएको छ । 

    ३ नं वडा रजालीका धल्पुरी सामुदायिक संस्थाका २५ जना र ६ नं वडामा रहेको पानीनाउला सामुदायिक संस्थाका १९ जना घर परिवारलाई चुलो हस्तान्तरण गरिएको सहास नेपालका कार्यक्रम संयोजक रामबहादुर खत्रीले बताए । 

    नगरपालिकाभित्र रहेका महिलालाई खाना पकाउन सहज हुने भएकाले महिलालाई निकै प्रभावकारी भएको बडीमालिका नगरपालिका उपप्रमुख कविता विष्टले बताए । 

    दुई महिनाअघि हस्तान्तरण गर्नुपर्ने चुलो र गहुँ काट्ने थ्रेसर प्राविधिक समस्याका कारण ढिलाइ भएको सहास नेपाल जेण्डर अधिकृत मीना शाक्यले उल्लेख गरे । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast