सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    श्रीनिवासाचार्यसंग राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. लोहनीको भेट

    भेटमा डा लोहनीले भने अझैंपनि अपराधी पत्ता लगाउन नसक्नुले सरकारको सुरक्षामाथि प्रस्न उठेको छ

    आईतवार, २३ बैशाख २०७५, आहाखबर

    काठमाडौं २३ बैशाख :

    गत वर्षको चैत २४ गते अज्ञात समूहको गोली प्रहारगर्दा घाइते भएका बालसन्त श्रीनिवासाचार्य  काठमाडौं पुगेका छन् । विराटनगर बस्दै आएका उनी गोली लागेको घाउ निको भएसँगै पहिलो पटक काठमाडौं आएका हुन् । 

    काठमाडौं आएको बेला उनलाई आइतबार एराप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

    भेटमा डा लोहनीले अझैंपनि अपराधी पत्ता लगाउन नसक्नुले सरकारको सुरक्षामाथि प्रस्न उठेको बताए ।

    यसैबीच श्रीनिवासाचार्य थप उपचारको लागि सोमबार भारतको नयादिल्ली तर्फ प्रस्थान गर्ने भएका छन् । 
    उनीमाथि गत  चैत २४ गते राति विराटनगरस्थित एक मन्दिरमा अज्ञात मानिसले गोली हानेका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast