मंगलवार, जेष्ठ २०, २०७७
    ओएमजी Omg!

    कसरी ?

    विश्वास नहुने तर वास्तविक! सर्प बन्दै छिन् १३ वर्षीया बालिका ‘स्नेक गर्ल’

    दुई लाखमध्ये एक व्यक्तिलाई हुने उक्त दुर्लभ रोग लामल्लार इचथ्योसिसको उपचार गर्न असम्भव

    शनिबार, २२ बैशाख २०७५, आहाखबर

    एजेन्सी,२२ वैशाख

    भारतकी १३ वर्षीया वेदिका गुप्ता ‘स्नेक गर्ल’ चिनिन थालेकी छन् । एक दुर्लभ रोगका कारण उनको शरीरको छालाहरु सर्पको जस्तो देखिन थालेपछि ‘स्नेक गर्ल’ चिनिन थालेकी हुन् ।

    आनुवंशिक रोग लामल्लार इचथ्योसिसबाट पीडित उनी घामबाट जोगिन घरबाट बाहिर निस्कने गरेकी छैनन् । घाममा देखा पर्दा उनको छालाबाट रगत बग्ने गर्छ ।

    दुई लाखमध्ये एक व्यक्तिलाई हुने उक्त दुर्लभ रोग लामल्लार इचथ्योसिसको उपचार गर्न असम्भव रहेको चिकित्सकहरूले बताएका छन् ।

    आठ कक्षामा अध्ययनरत ती बालिका कोठामै बस्छिन् भने उनको कपाल समेत झर्न थालेको छ ।

    शरीरमा सर्पको जस्तो टाटेपांग्रे देखिने सो रोगबाट गुप्ताको परिवारका अन्य दुई सन्तानमा पनि पीडित थिए । तर, उनीहरू जन्मेको केही वर्षमै मरेको बताए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast