शुक्रबार, जेष्ठ २३, २०७७
    आर्थिक खबर

    श्रीमद्भागवत ज्ञान महायज्ञमा साढे दुई करोड रुपैयाँ बराबरको दान

    महायज्ञ अवधिभर व्रतबन्ध, रुद्री, तुलादान, चौरासी पूजासमेत भएको

    आईतवार, १६ बैशाख २०७५, आहाखबर

    रामपुर, पाल्पा, १६ वैशाख

    उद्बुद्ध मावि पूर्वखोला गाउँपालिका–३ रिङ्नेरह पाल्पामा चलेको श्रीमद्भागवत ज्ञान महायज्ञमा रु साढे दुई करोड बराबरको दान संकलन भएको छ । 

    उद्बुद्ध मावि तथा कलेजको शैक्षिक व्यवस्थापन तथा स्तरोन्नतिका लागि सञ्चालन भएको महायज्ञमा नगद तथा जिन्सी दान गरी सो रकम दान रकम संकलन भएको हो । गत वैशाख ९ गतेदेखि शुरु भएको महायज्ञ अवधिभर १८ पुराणका ज्ञाता बालब्यास पण्डित नारायण न्यौपानेले संगीतमय शैलीमा कथा वाचन गरेका थिए । महायज्ञ अवधिभर व्रतबन्ध, रुद्री, तुलादान, चौरासी पूजासमेत भएको उद्बुद्ध कलेजका प्रमुख सुशील आचार्यले बताए। 

    महायज्ञ समापनका अवसरमा प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले यस महायज्ञले शैक्षिक विकासमा ठूलो टेवा पुग्ने बताउँदै विद्यालयको शैक्षिक, भौतिकलगायतका विभिन्न क्षेत्रमा आफूले सक्दो सहयोग गर्ने बताए । 

    उनले गेझा वीरकोट पूर्वखोला हुँदै दुम्किबास जोड्ने सडक दुई लेनमा विकास गर्न प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताए । पाल्पा जिल्ला समन्वय समितिका सदस्य ईश्वरी न्यौपाने, गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागरथी भट्टराई, समाजसेवी देवराज ढकाललगायतले यस महायज्ञबाट उठेको रकमले शैक्षिक क्षेत्रमा ठूलो सहयोग पुगेको बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast