शुक्रबार, जेष्ठ १६, २०७७
    ओएमजी Omg!

    अविश्वसनीय !

    के तपाईं भूतमा विश्वास गर्नुहुन्छ ? यि तस्बिरहरु हेरेपछि तपाईंको आङ पनि सिरिङ्ग हुनेछ !

    यो फोटो कुनै वस्तुको रिफ्लेक्सन होइन, वर्षौं पहिले बन्द भएको संग्रहालयको सिसिटिभीमा कैद भएका दृश्य हुन्

    शुक्रबार, १४ बैशाख २०७५, आहाखबर

    के तपाईं यहाँ दिइएका तस्बिर हेरेर बताउन सक्नुहुन्छ कि आखिर यसमा के भएको होला जसको वास्तविकता अहिलेसम्म पत्ता लाग्न सकेको छैन । शुक्रबार हामी तपाईंलाई केही यस्ता फोटो देखाउँदैछौं । यी फोटोमा केही मानिसहरुले यस्ता कुरा देखेका छन् जसको वास्तविकता थाहा पाउन निकै मुश्किल छ ।

    माथि दिइएको इंगल्याण्डको स्रोपसायरको यो तस्बिरले धेरै मानिसलाई चकित तुल्यायो । वास्तवमा फुटबल वर्ल्डकप हेरेपछि केही साथीहरुले एक चौरमा पार्टी गरे । यसै क्रममा एकजना साथीले तीनजनाले रमाइलो गरिरहेको फोटो खिचे तर पछि फोटो हेर्दा उनीहरुले पछाडि भिन्न वस्तु भएको थाहा पाए ।

    फोटोमा उनीहरुले पछाडिको एउटा पुरानो भवनको झ्यालबाट अचम्मको वस्तुले हेरिरहेको देखे । फोटो जुम गरेर हेर्दा कुनै महिला बच्चा लिएर उभिरहेको देखियो । जब सबैले आखिर त्यो के वस्तु हो भनी पत्ता लगाउन भवन वरिपरिकालाई सोधे तब उनीहरुले त्यहाँ कोही पनि नबस्ने  र वर्षौंदेखि उक्त भवन खाली भएको थाहा पाए ।

    मानिसहरुले बताए उक्त स्थानको वास्तविकताः

    त्यसबारे सटिक जानकारी प्राप्त गर्न उनीहरुले उक्त फोटो सोसल मिडियामा सेयर गरे जसमा केही व्यक्तिले कमेन्ट गरेर उक्त भवनमा एक महिला र बच्चाको आत्मा भट्किने गरेको बताए ।

    यद्यपी, यो कहानीमा कति वास्तविकता छ त्यो भने पुष्टि भएको छैन ।

    सय वर्ष अघिको यो फोटोमा यी महिलाको काँधमा कसले हात राखे ?

    भूतलाई विश्वास नगर्नेहरु यो फोटोलाई क्यामराको लंग एक्सपोजर बताउँछन्  तर यस्तो पटक्कै होइन ।

    लीड्सको एक अस्पतालमा यो फोटो एक कर्मचारीले खिचेका थिए । यो अस्पतालको करिडोरमा अचम्मको आवाज आउने गरेको खबर सार्वजनिक हुने गरेको छ ।

    यो कारमा कोही पनि थिएन तर साइडको सिसामा तपाईंले एउटा अनुहार देख्नुहुन्छ ।

    क्विनल्याण्डका किम डेविडसनले उनको यो फ्यामिली फोटोमा एक महिलाको भूत कैद गरेको जो सय वर्ष अघि यसै स्थानमा डुबेर मरेको भनी दाबी गरेका छन् ।

    धेरैले यो फोटोलाई कुनै वस्तुको रिफुलेक्सन मान्छन्, तर यस्तो होइन भनी दाबी गरिएको छ ।

    वर्षौं पहिले बन्द भएको संग्रहालयको सिसिटिभीमा कैद भएको दृश्य ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast