मंगलवार, जेष्ठ २०, २०७७
    ओएमजी Omg!

    को हुन् त डोनाल्ड ट्रम्पजस्तै देखिने महिला, इन्टरनेटमा भइन् भाइरल !

    “मेरो फोटोको धेरै टाढासम्म चर्चा भएको जस्तो देखिन्छ, यस्तो हुनुमा मेरो कपालको रङ्ग जिम्मेबार छ जस्तो लाग्छ”

    बिहिवार, १३ बैशाख २०७५, आहाखबर

    काठमाडौं,१३ बैशाख

    स्पेनकी एक आलु किसान हाल इन्टरनेटमा चर्चामा छिन् । मानिसहरु उनको अनुहार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गरिरहेका छन् ।

    आम रुपमा भाइरुल हुने अवस्थामा जस्तो यो परिघटनाको शुरुवात एक फोटोबाट भयो । डोलेरस लेइस एन्टेलो नाम उक्त महिलाले एक स्थानीय पत्रिका ‘ला भोज दे ग्यालिसिया’को लागि एक फोटो खिचाएकी थिइन् । यो फोटो पत्रिकामा उनको किसानको जीवनबारे छापिन लागेको फिचरको लागि लिइएको थियो ।

    यो फोटोमा उनी काँधमा कोदालो राखेर आफ्नो खेतमा हेरिरहेकी छिन् । उनको अनुहारमा आफ्नो खेती प्रति गम्भिरता देखिन्छ । केहीले फोटोमा एक कर्मठ किसानको देखे होलान तर अरुले त्यसमा ट्रम्प देखे ।

    अमेरिकी राष्ट्रपतिजस्तो सुविधा त उनलाई छैन तर उनको कपाल ट्रम्पको जस्तै हल्का, नरम र कैलो छ । सायद यो घाममा धेरै काम गरेकोले भएको हुनुसक्छ ।

    इन्टरनेटले आफूले चाहेको कुरा देख्ने र हाल्का समानतालाई पनि बढाईचढाई गर्ने सन्दर्भमा हाल ट्रम्पको जुम्हाला बैनी भेटेको छ ।

    केहीले उनलाई ‘कोष्टा दा मोर्तेको डोनाल्ड ट्रम्प’ भनिरहेका छन् । स्पेनिस भाषामा ‘मृत्युको किनार’ हुने ‘कोष्टा दा मोर्ते’ ति किसान महिला डोलेरस लेइस एन्टेलो बस्ने सुन्दर समुन्द्री क्षेत्रको नाम हो । यो चर्चामा उनको चाहीँ के धारणा छ त ?

    “मेरो फोटोको धेरै टाढासम्म चर्चा भएको जस्तो देखिन्छ । यस्तो हुनुमा मेरो कपालको रङ्ग जिम्मेबार छ जस्तो लाग्छ । ” उनले ला भोज दे ग्यालिसियालाई भनिन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast