बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    कांग्रेसका युवा नेताहरूद्वारा केन्द्रीय कार्ययमिति बैठकमा ५१ पृष्ठ लामो दस्तावेज पेश

    सभापति शेरबहादुर देउवालाई तत्काल महासमिति बैठक बोलाउन र संशोधित विधान पारित गरेर शीघ्र महाधिवेशनमा जान दबाब

    मंगलवार, ११ बैशाख २०७५, आहाखबर

    काठमाडौं ११, बैशाख :

    नेपाली कांग्रेसको जारी केन्द्री कार्ययमिति बैठकमा केन्द्रीय सदस्यहरूको बोल्ने क्रम मंगलबार पनि जारी रहेको छ ।

    मंगलबारको बैठकमा कांग्रेसका युवा नेताहरूको तर्फबाट केन्द्रीय सदस्य गगन थापाले ५१ पृष्ठ लामो दस्तावेज पेश गरेका छन् । '६ भाइ' नामले चिनिने यो समूहमा केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङ, बद्री पाण्डे रहेका छन् ।

    यो समूहले सभापति शेरबहादुर देउवालाई तत्काल महासमिति बैठक बोलाउन र संशोधित विधान पारित गरेर शीघ्र महाधिवेशनमा जान दबाब दिएका छन् । उनीहरूले पार्टीलाई चुस्त दुरुस्त बनाउन नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन् ।

    वर्तमान नेतृत्वले पार्टीलाई अगाडि बढाउन नसक्ने यी नेताहरूको निष्कर्ष रहेको छ । पाँच वर्षपछिको चुनाव जित्नेगरी अगाडि बढ्न पार्टीले तत्काल कदम चाल्नुपर्ने यी नेताहरूको सुझाब रहेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast