शुक्रबार, जेष्ठ २३, २०७७
    आर्थिक खबर

    रु २ लाख आर्थिक सहयोग गरियो म्याग्दीका क्यान्सर पीडित विकलाई

    विकको उपचारका लागि स्थानीय, कतार प्रवासी संघ, दाना लगायतका अन्य समुदायको पहलमा स्थानीयस्तरमा रकम संकलन

    मंगलवार, ११ बैशाख २०७५, आहाखबर

    म्याग्दी, ११ वैशाख :

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका क्यान्सर पीडित सोमबहादुर विकको उपचारको लागि रु दुई लाखभन्दा बढी सहयोग जुटेको छ । 

    रक्त क्यान्सरबाट पीडित भई अस्पतालमा उपचाररत विकको सहयोगार्थ स्थानीयले रु दुई लाख एक हजार ५६० आर्थिक संकलन गरी विकको परिवारलाई उपलब्ध गराएका हुन् । 

    कतार प्रवासी संघ, दानाले सहयोग गरेको रु ४२ हजार र अन्य समुदायको पहलमा स्थानीयस्तरमा संकलन गरिएको रकम गरी एकमुष्ठ रु दुई लाख एक हजार ५६० सहयोग रकम विक परिवारलाई हस्तान्तरण गरिएको छ । 

    कार्यक्रममा कतार प्रवासी संघ, दानाका प्रतिनिधि जंगबहादुर विक, कार्यपालिका सदस्य थमबहादुर विक र वडा सदस्य गंगा विकले संयुक्तरुपमा क्यान्सरपीडित विककी आमा जसमायाँलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए । 

    विकको उपचारका लागि स्थानीयको अगुवाइमा दाना, नारच्याङ, भुरुङ, तातोपानी, दोवा, पोखरेबगरलगायतका ठाउँबाट आर्थिक संकलन गरिएको अभियन्तासमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य थमबहादुर विकले जानकारी दिए । 

    विकको उपचारमा लाखौँ रुपैयाँ आवश्यक पर्ने भएकाले अन्य सहयोगदातालाई समेत मन खोलेर सहयोग गरी विकको जीवनरक्षाका लागि उनले अपिल गरेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast