बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    मोदीको नेपाल भ्रमण

    भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउने पक्का ! यसपटक जनकपुर पनि जाने

    स्रोतका अनुसार भारतीय पक्षले प्रस्ताव गरेको नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेका छन्

    सोमबार, १० बैशाख २०७५, आहाखबर

    काठमाडौँ, १० वैशाख

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार भारतीय पक्षले प्रस्ताव गरेको मोदीको दुई दिने नेपाल भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेका छन्।

    ‘अलि पर सार्ने कि भन्ने पनि कुरा भएको थियो तर अन्तिममा भारतीय प्रस्तावअनुसार नै भ्रमणको तिथि टुंगो लाग्यो,’ स्रोतले भन्यो।

    भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर पनि जाने भएका छन्। त्यहाँ उनलाई अभिनन्दन गरिनेछ।

    परराष्ट्र मन्त्रालयले भने भ्रमणबारे छलफल भइरहे पनि तयारी सुरु नभएको बताएको छ।

    मोदीको भ्रमणको मिति भारतीय सञ्चारमाध्यमले यसअघि नै मिति सार्वजनिक गरे पनि भारतले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन।

    प्रधानमन्त्री बनेपछि मोदीले तेस्रो पटक नेपाल भ्रमण गर्न लागेका हुन्।

    यसअघि सन् २०१४ मा प्रधानमन्त्री बनेलगत्तै र पछि सार्क सम्मेलनमा भाग लिन मोदी नेपाल आएका थिए।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast