बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    घुस लिँदालिँदै वाणिज्य बैंकका सहायक प्रबन्धक पक्राउ, ऋण स्वीकृत गर्न लिएको खुलासा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महोत्तरीबाट खटिएको टोलीले सहायक प्रबन्धक काफ्लेलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो

    सोमबार, १० बैशाख २०७५, आहाखबर

    काठमाडौँ, १० वैशाख

    राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले घुस रकमसहित कार्यकक्षबाटै पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महोत्तरीबाट खटिएको टोलीले सहायक प्रबन्धक काफ्लेलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

    आयोगका अनुसार काफ्लेले ऋण स्वीकृत गर्नका लागि सेवाग्राहीसँग उक्त रकम लिएका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast