बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    यस्तो छ कांग्रेसको बैठक सानेपामा : भित्र केन्द्रीय समिति बैठक, बाहिर नाराबाजी !

    नाराबाजी गरिरहेका विद्यार्थीहरूले नेविसंघका अध्यक्षनैनसिंह महरले संगठनभित्र मनोमानी गरेको आरोप लगाएका छन्

    सोमबार, १० बैशाख २०७५, आहाखबर

    काठमाडौं १०, बैशाख :

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । ललितपुरको सानेपामा स्थित केन्द्रीय कार्यालयमा जारी बैठक सोमबार बिहान देखि बसिरहेको हो ।

    पार्टी केन्द्रीय कार्यालय बाहिर भने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षधर विद्यार्थीहरूले नाराबाजी गरेका छन् । नाराबाजी गरिरहेका विद्यार्थीहरूले नेविसंघका अध्यक्ष नैनसिंह महरले संगठनभित्र मनोमानी गरेको आरोप लगाएका छन् ।

    पौडेल पक्षधर विद्यार्थी नेताहरूले सभापति शेरबहादुर देउवा समक्ष समेत आफ्ना माग राखेका थिए । नेविसंघको महाधिवेशन गर्न माग गर्दै अहिले केन्द्रीय कार्यालय बाहिर नाराबाजी गरिरहेका छन् ।

    नेता सिटौला पक्षधर विद्यार्थी नेता दुजाङ शेर्पाले महरको मनोमानी जारी रहे र महाधिवेशन नबोलाइए आफूहरूले समानान्तर कमिटी गठन गर्ने बताएका छन् ।

    गत चैत ९ गते सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा निर्वाचनमा पार्टीले बेहोरेको हारको समीक्षा भइरहेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

    उनले सोमबार बिहानदेखि बसेको बैठकमा सात जनाले आफ्नो धारणा राखेको जानकारी दिए । चैत ९ देखि १६ गतेसम्म चलेको थियो। त्यसपछि नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित भएको बैठक आइतबार बोलाइएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast