बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा ६५ मेट्रिक टन चिनी थन्कियो

    अन्तर्राष्ट्रिय बजारमा चिनीको मुल्यमा अत्यधिक गिरावट आएपछि,दशैं अगाडिको चिनी अझै बिक्न सकेन

    सोमबार, १० बैशाख २०७५, तारा आचार्य.

    मोरङ, वैशाख १०

    चिनीको मुल्यमा अत्यधिक गिरावट आएपछि विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा करिब १ हजार ३ सय बोरा अर्थात ६५ मेट्रिक टन चिनी थन्किएर बसेको छ । चिनीको मुल्य प्रति किलो ८२ रुपैया राखेका कारण साल्ट ट्रेडिङको चिनी नबिकेको हो ।

    थन्किएको चिनी भारतबाट गएको दशैं अगाडि एक प्रतिशत भन्सार तिरेर ल्याइएको थियो । एक प्रतिशत भन्सार तिरेर ल्याउदा पनि अहिलेसम्म करिब २ सय बोरा चिनी मात्र विक्री भएको साल्ट ट्रेडिङका कर्मचारीहरुले जानकारी दिएका छन् । दशैंको बेला दशैं सहुलियत भन्दै ५ रुपैया प्रति किलो सस्तो गरी ७७ रुपैयामा विक्री गर्न खोज्दा पनि चिनी विक्री नभएको साल्ट ट्रेडिङ कर्पोरेशन विराटनगरले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा चिनीको मुल्य अहिले घटेर ३ सय २० डलर प्रति मेट्रिक टन पुगिसकेको छ । यस हिसाबले पनि साल्ट ट्रेड्रिङ कर्पोरेशनको चिनी विक्री हुने सम्भावना अत्यन्त न्यून छ । सरकारले भने साल्ट ट्रेडिङ र चिनी मिलहरुको चिनी विक्री नभएको भन्दै भन्सार महसुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्याएको छ ।

    नयाँ अर्थ मन्त्री नियुक्ति भएपछि चैत्र १ गते यतामात्र विराटनगर भन्सार नाका भएर पाकिस्तानबाट करिब १० हजार ७ सय ४४ मेट्रिक टन सस्तोको चिनी आयात भएको छ । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा अत्यधिक गिरावट आएपनि नेपाली उपभोक्ताहरुले भने सरकारी नीतिका कारण खासै सस्तोमा चिनी पाएका छैनन् ।रासस 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast