बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    जुत्ता मिलेन भनेर त्यत्तिकै हिँड्न मिल्दैन, खुट्टा ताछतुछ पारेर भएपनि जानुपर्छ : केपी ओली

    राष्ट्रिय हितको संरक्षण गर्ने सन्दर्भमा सरकार सजग रहेको भन्दै प्रधानमन्त्री ओलीले पारस्पारिक सम्बन्धका आधारमा अघि बढ्ने बताए

    आईतवार, ९ बैशाख २०७५, आहाखबर

    ९ वैशाख, काठमाडौं 

    प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुसँग पार्टी एकता सफल पार्नुबाहेक अर्को विकल्प नभएको बताएका छन् ।

    कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा ओलीले भने, ‘हामी त्यो ठाउँमा पुगिसक्यौं, जुत्ता मिलेन भने खुट्टा ताछतुछ (ताछेर) पनि मिलाउनुपर्छ । यो बाहेक अर्को बाटो छैन ।’

    उनअघि बोलेका माओवादी अध्यक्ष प्रचण्डले एकताबाट दायाँबायाँ गर्ने बाटो नभएको  बताएका थिए ।

    तर, एमाले अध्यक्ष ओली फरक मत राखे । प्रचण्डले पार्टी एकताको विकल्प छैन भन्न खोजेको तर, सेन्टिमेन्टल कुरा गरेको भन्दै ओलीले भने, ‘हामीले बजार घुम्न जाँदा देखेर टिपेर ल्याएको होइन । बडो मेहनत गरेर यहाँसम्म ल्याइपुर्‍याएका छौं ।’

    अघि भने, ‘हामीले गरेनौं भने होइन । हामीले नगरेको भए हुँदैनथ्यो । कसरी हुन्छ ?’

    यद्यपि अरु कसैलाई दोष दिएर उम्कन ठाउँ नभएको भन्दै उनले एकता सफल पार्ने बताए ।

    पार्टी एकता सम्मान, समानता र सहमतिका आधारमा हुने प्रचण्डको मतमा सहमति जनाए । यद्यपि एकताअघि केही सेन्टिमेन्टल कुराहरु आउने बताए ।

    लेनिनको फोटो नराखेको भन्दै कार्यक्रमको सुरुमा भएको नाराबाजीतर्फ संकेत गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘आज पनि अलिकतिमा दाँतमा ढुंगा लागेको छ ।’

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast