मंगलवार, मंसिर ३, २०७६
    खेल संसार

    साफ च्याम्पियनसिप फुटबल : नेपाल र बंगलादेश एकै समूहमा

    नेपालको समूहमा आयोजक बंगलादेशसहित, पाकिस्तान र भुटान, प्रतियोगिता आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म सञ्चालन हुने

    बुधबार, ५ बैशाख २०७५, आहाखबर

    काठमाडौँ, ५ वैशाख

    बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।

    बंगलादेशको ढाकामा बुधबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो । नेपालको समूहमा आयोजक बंगलादेशसहित, पाकिस्तान र भुटान रहेका छन् ।

    आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

    साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनल चरणमा पुग्न सकेको छैन । पछिल्लो संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । सन् २०१३ मा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast