शुक्रबार, जेष्ठ २३, २०७७
    आर्थिक खबर

    कटारीमा सञ्चालन भइरहेको बाल महोत्सवमा १५ लाखको आर्थिक कारोबार

    दस दिनसम्म सञ्चालन हुने सो महोत्सवमा १२५ व्यापारिक स्टल, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको गीत तथा सांगीतिक प्रस्तुतिसमेत हुने

    शनिबार, १ बैशाख २०७५, आहाखबर

    गाईघाट, उदयपुर, १ वैशाख

    उदयपुर कटारी नगरपालिकास्थित कटारी बजारको टाइगर रंगशालामा सञ्चालन भइरहेको बाल महोत्सवमा तीन दिनभित्र झण्डै रु १५ लाख बराबरको आर्थिक कारोबार भएको छ ।

    चैत २८ गतेदेखि सञ्चालन भइरहेको सोे महोत्सवमा बाल अधिकारसंग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन तथा स्थानीयस्तरबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्रीजस्ता कार्यबाट सो रकमको कारोबार भएको आयोजक जनप्रेमी युवा मञ्च उदयपुरले जनाएको छ ।

    दस दिनसम्म सञ्चालन हुने सो महोत्सवमा १२५ व्यापारिक स्टल राखिएका छन् भने स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको गीत तथा सांगीतिक प्रस्तुतिसमेत हुने गरेको मञ्चका अध्यक्ष सुरेश गुप्ताले बताए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast