शुक्रबार, जेष्ठ १६, २०७७
    सावधान

    लागुऔषधसहित दुईजना पक्राउ, पक्राउ पर्नेमा बागलुङका अमन नेपाली र किशोर खत्री

    प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङको नेतृत्वमा खटिएको विशेष टोलीद्वारा लागुऔषधसहित पोखरा लेखनाथ महानगरपालिका–१७ छोरेपाटनबाट पक्राउ

    शनिबार, १० चैत्र २०७४, आहाखबर
    लागुऔषध नियन्त्रण ब्यूरोद्वारा पोखरा लेखनाथ महानगरपालिका–१७ छोरेपालनबाट शनिबार लागु औषध सहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर ः हरि बास्तोला, पोखरा, रासस

    पोखरा, १० चैत :

    लागुऔषध नियन्त्रण ब्यूरो पोखराले लागूऔषध बेचबिखनमा संलग्न दुईजनालाई शनिबार  पक्राउ गरेकोछ । 

    पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं ७ र १३ का क्रमशः अमन नेपाली र किशोर खत्री रहेका छन् । 

    प्राप्त सूचनाका आधारमा ब्यूरोका प्रमुख प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङको नेतृत्वमा खटिएको विशेष टोलीले उनीहरुलाई लागुऔषधसहित पोखरा लेखनाथ महानगरपालिका–१७ छोरेपाटनबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट नर्पिmम ७० थान, डाइजापाम ७० थान, फेनरागन ७० थान गरी कूल २१० थान लागुऔषधसहित दुई थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । 

    पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast