शुक्रबार, जेष्ठ १६, २०७७
    सावधान

    काठमाडौँको नागढुङ्गामा ठूलो परिमाणमा लागुऔषसहित साह पक्राउ

    बिहिवार, ८ चैत्र २०७४, आहाखबर

    काठमाडौँ, ८ चैत  । 

    महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ठूलो परिमाणमा लागुऔषधसहित एकजनालाई आज पक्राउ गरेको छ । 

    प्रभागबाट खटिएको टोलीले बिहान विराटगरबाट काठमाडौँ आउँदै गरेको ना७ख ६३४२ नंको यात्रुवाहक बस चेकजाँच गर्दा विराटनगरका २५ वर्षीय अमितकुमार साहलाई पक्राउ गरेको हो । 

    प्रभागका प्रमुख केशवराज भट्टले साहबाट ५०० एम्पुल नुर्फिन, ५०० एम्पुल फेनार्गन, ५०० एम्पुल डाइजेल्याव र २८० ट्याब्लेट नाइट्राजेपाम वरामद गरेको जानकारी दिए  । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast