शुक्रबार, जेष्ठ १६, २०७७
    सावधान

    इँटाभट्टाको मजदूर माथि अज्ञात समूहले गोली प्रहार, घाइतेको उपचार हुदैँ

    घटनामा संलग्न रहेको आशंकामा सँगै काम गर्ने एक मजदूरलाई नियन्त्रणमा,प्रहरीको अनुुसन्धान जारी

    मंगलवार, ६ चैत्र २०७४, आहाखबर

    रौतहट, ६ चैत । 

    रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि गोली प्रहार भएको छ । 

    कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदूर ५० वर्षीय रामअसिष यादवमाथि अज्ञात समूहले गए राति गोली प्रहार गरेको प्रहरीले जनाएको छ । 

    गरुडा नगरपालिका–५ महमदपुुर घर भएका मजदूर यादव सोमबार राति इँटाभट्टामा अर्का एक मजदूरसँग सुुतिरहेका थिए । राति करीव ११ः३० बजे अज्ञात समूहले यादव माथि गोली प्रहार गरेको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द थापाले बताए । 

    मजदूर यादवको ढाडमा गोली लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको उनले जानकारी दिए । 

    घटनामा संलग्न रहेको आशंकामा सँगै काम गर्ने एक मजदूरलाई नियन्त्रणमा लिएर अनुुसन्धान भइरहेको र घाइते मजदूुर यादव गजँडी भएकाले उसको व्यक्तिगत दुुस्मनीको कारण यस्तो घटना हुन गएको प्रहरीको प्रारम्भिक अनुुमान छ । रासस

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast