शुक्रबार, जेष्ठ २३, २०७७
    सावधान

    सप्तरी जिल्लामा दुई छुट्टाछुट्टै आगलागी, आगोलागीमा रु २० लाखको क्षति

    आईतवार, ४ चैत्र २०७४, आहाखबर

    राजविराज, ४ चैत  । 

    सप्तरीका छुट्टाछुट्टै ठाउँमा शनिबार साँझ आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको छ । 

    सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरमा शनिबार साँझ एउटा हार्डवेयर पसलमा आगलागी भएको छ । स्थानीय दीनानाथ रौनियारको हार्डवेयर पसलमा कोही नभएको बेला आगलागी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

    आगलागीबाट घरको तल्लो तलामा रहेको पसलमा राखिएको प्लास्टिक, हार्डवेयरका विभिन्न सामान जल्दा सो मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

    आगलागी कुन कारणले भएको खुल्न नसकेको र विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यता आगोलाई स्थानीयवासी, प्रहरी तथा राजविराजबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । 

    यस्तै, छिन्नमस्ता गाउँपालिका–४ लालपट्टी बस्ने रामपृत यादवको एकतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब रु दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

    त्यस्तै, सप्तरीकै रुपनी गाउँपालिका–३ मा आगलागी हुँदा स्थानीय कमल मुखिया र छेदी मुखियाको नगदसहित एक - एक वटा घर जल्दा रु दुई लाख ५० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिप्रकाले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीले निभाएका थिए । रासस 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast