शुक्रबार, जेष्ठ १६, २०७७
    सावधान

    चितवनको भरतपुर महानगरपालिकामा कतै गोदाममा आगलागी, कतै करेन्ट लागेर मृत्यु

    पुराना कपडा रहेका गोदाममा मेसिनको मोटरबाट सर्ट भई आगलागी, घरबाट बाहिर खेल्ने क्रममा भूइँमा लत्रिएको विद्युतीय तारमा छुँदा करेन्ट लाग्यो

    शुक्रबार, २ चैत्र २०७४, आहाखबर
    फाइल तस्वीर : आगोलागी

    चितवन, २ चैत । 

    भरतपुर महानगरपालिका– १० रिजाल चोकस्थित प्रकृति कपास उद्योगको गोदाममा आज बिहान आगलागी हुँदा कच्चा पदार्थ जलेर नष्ट भएको छ । 

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चन्दना कोइरालाको सो गोदाममा बिहान ९ बजे लागेको आगो दमकल, प्रहरी, सशस्त्र, सेना र स्थानीयवासीको सहयोगमा ९ः४५ बजे नियन्त्रणमा लिइएको थियो । 

    प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार आगलागीबाट रु ४० लाख मूल्य बराबरका क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गोदाममा पुराना कपडा रहेका थिए । पुराना कपडा पेलेर सिरक डसना बनाउने गरिएको थियो । मेसिनको मोटरबाट सर्ट भई आगलागी भएको ढकालले बताए  । 

    करेन्ट लागेर बालकको मृत्यु 

    त्यसैगरी भरतपुर महानगरपालिका– २१ रतनपुरमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा स्थानीयवासी सोमबहादुर तामाङका सात वर्षीय छोरा हिम तामाङ रहेको प्रहरीले जनाएको छ । घरबाट बाहिर खेल्ने क्रममा भूइँमा लत्रिएको विद्युतीय तारमा छुँदा करेन्ट लागेर गम्भीर घाईते भएका हिम तामाङलाई उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast