शुक्रबार, जेष्ठ १६, २०७७
    सावधान

    मतिभ्रस्ट

    बलात्कारको आरोपमा चारजना पक्राउ, पक्राउ परेका सबैलाई जबर्जस्ती करणीको मुद्दा लगाइने

    पक्राउ पर्नेमा उर्लाबारी–४ का ३७ वर्षीय दिलीप माझी, २६ वर्षीय बुद्ध शिवा, २१ वर्षीय अर्जुन परियार र २६ वर्षीय केवल सुन्दास रहेका छन्

    बिहिवार, १ चैत्र २०७४, आहाखबर

    उर्लाबारी, मोरङ, १ चैत

    बलात्कार गरेको आरोपमा प्रहरीले बिहिबार चार जनालाई पक्राउ गरेका छन् ।

    पक्राउ पर्नेमा उर्लाबारी–४ का ३७ वर्षीय दिलीप माझी, २६ वर्षीय बुद्ध शिवा, २१ वर्षीय अर्जुन परियार र २६ वर्षीय केवल सुन्दास रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

    उर्लाबारी–४ स्थित किशान चोक नजिकै सोल्टी खोलामा १५ वर्षीया एक किशोरीलाई उनीहरुले बुधबार साँझ सामूहिक बलात्कार गरेका थिए । अर्की एक सोही उमेरकी किशोरी ती युवाबाट उम्केर प्रहरीलाई खबर गरेकी थिइन् ।

    पक्राउ परेका सबैलाई जिल्ला अदालत मोरङमा जबर्जस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक थापाले बताए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast