आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    इजलास बहिष्कार

    प्रधान न्यायाधीशसंग कुरा नमिलेपछि आठ जना न्यायाधीशले गरे इजलास बहिष्कार

    आफूहरूको सुझाव विपरित प्रधान न्यायाधीश पराजुलीले न्याय सम्पादनबाट अलग हुन नमानेको उनीहरुको आरोप छ

    मंगलवार, २९ फागुन २०७४, आहाखबर
    फाइल तस्वीर : प्रधानन्यायाधीश गोपाल पराजुली

    फागुन २९ काठमाडौँ ।

    प्रधान न्यायाधीश गोपाल पराजुलीले न्याय सम्पादनबाट अलग हुन नमानेपछि सर्वोच्च अदालतका आठ जना न्यायाधीशले इजलास बहिष्कार गर्ने निर्णय गरेका छन्।

    आजका लागि तोकिएका कुनैपनि इजलासमा उनीहरु सहभागी भएनन्। आफूहरूको सुझाव विपरित प्रधान न्यायाधीश पराजुलीले न्याय सम्पादनबाट अलग हुन नमानेको उनीहरुको आरोप छ ।

    हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, आनन्द मोहन भट्टराई,  ईश्वर खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, दीपकराज जोशी र प्रकाशसिंह राउत आजको कुनैपनि इजलासमा सहभागी भएनन् ।

    प्रधानन्यायाधीश गोपाल पराजुलीले मंगलबारका लागि ११ इजलास तोकेका थिए। इजलास नबस्ने निर्णय गरेका एक न्यायाधीशले छलफल गरेरै निर्णय गरेका बताए ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast