शुक्रबार, जेष्ठ १६, २०७७
    सावधान

    खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिकामा आगोलागी, आगलागीबाट पन्ध्र लाखको क्षति

    मंगलवार, २९ फागुन २०७४, आहाखबर

    खोटाङ, २९ फागुन  । 

    भान्छा कोठाबाट सल्किएको आगोले घर जल्दा रु पन्ध्र लाखको क्षति भएको छ । 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका बकसमणि राईको घरमा आगलागी हुँदा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । 

    घरमा कोही नभएको समयमा सोमबार राति आगलागी हुँदा तीन तले घर तथा घरमा राखिएको नगद रु ५० हजार, बिक्री गर्न राखिएको छ मन अलैँंची, अन्नपात, लत्ताकपडा, भाँडाकुडा र काठपात जलेर नष्ट भएको स्थानीयवासी हर्कराज राईले जानकारी दिए  । 

    स्थानीयवासीले करिब तीन घण्टापछि आगो निभाएका थिए । अहिले राई परिवारको बिचल्ली भएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast