आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    नगरसभा

    लेखनाथ महानगरपालिका नगरसभामा १८ वटा विधेयक प्रस्तुत

    महानगरपालिका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको सभामा विधायन समितिका संयोजक शोभामोहन पौडेलले ती विधेयक टेबुल गरेका हुन्

    सोमबार, २८ फागुन २०७४, आहाखबर

    काठमाडौँ  । फागुन २८ 

    पोखरा लेखनाथ महानगरपालिकाको आजबाट शुरु भएको दोस्रो नगरसभामा १८ वटा विधेयक प्रस्तुत भएको छ ।महानगरपालिका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको सभामा विधायन समितिका संयोजक शोभामोहन पौडेलले ती विधेयक टेबुल गरेका हुन् ।

    सभामा प्रस्तुत विधेयकमा महानगरीय ऐनअन्तर्गत कृषि, कृषि बजार प्रवद्र्धन, सहकारी र कर्मचारी व्यवस्थापन ऐन रहेका छन् भने महानगरीय नीतिअन्तर्गत कृषि, पशु, स्वास्थ्य र सार्वजनिक नीजि साझेदारी नीति तथा ऐन छन् ।

    महानगरीय कार्यविधिअन्तर्गत शिक्षा, एफएम रेडियो सञ्चालन, योजना आयोग गठन र विधायन समितिको कार्यविधि छन् भने निर्देशिकाअन्तर्गत फोहरमैला व्यवस्थापन, बजार अनुगमन, उपप्रमुखसँग महिला कार्यक्रम र भवन मापदण्ड र विज्ञापन नीति तथा निर्देशिका छन् । त्यस्तै महानगरीय न्यायिक समिति विधेयक पनि आजको सभामा प्रस्तुत भएको छ ।

    प्रमुख जिसीले विधायन समितिका संयोजक पौडेलले टेबुल गर्नुभएका विधेयकलाई थप अध्ययन गरी त्यसलाई अझै परिष्कृत एवं जनमुखी बनाउन आगामी चैत ६ गते सम्मका लागि सदस्यलाई समय दिएका छन।

    नगरसभामा प्रमुख तथा उपप्रमुख, ३३ वटै वडाका अध्यक्षसहित पाँच÷पाँच जना र मनोनित आठ जना गरी १७५ जना सदस्य हुनुहुन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast