आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    विमान दुर्घटना

    उद्धारमा लाग्न गृहमन्त्रीको निर्देशन, घटना दुःखद् भएको भन्दै सबैलाई धैर्यधारण गर्न आग्रह

    दिउँसो २:२० बजे लागेको आगोलाई नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ-ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलले निभाएका थिए

    सोमबार, २८ फागुन २०७४, आहाखबर

    काठमाडौँ, २८ फागुन

    गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको विमानका यात्रुको उद्धारमा लाग्न निर्देशन दिएका छन् ।

    गृहमन्त्री थापा दिउँसो ३ बजे दुर्घटनास्थल पुगेर घाइतेको शीघ्र उपचार गर्न निर्देशन दिएका हुन् । उनले घटना दुःखद् भएको भन्दै सबैलाई धैर्यधारण गर्न आग्रह गरेका छन् ।

    दिउँसो २:२० बजे लागेको आगोलाई नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलले निभाएका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast