आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रद्वारा इजलास बहिष्कार

    सोमबार, २८ फागुन २०७४, आहाखबर

    काठमाडौं, २८ फागुन

    सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज इजलास बहिष्कार गर्नुभएको छ । 

    प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताअनुसार गत साउनमै ६५ वर्षको उमेर हद सकिएको र प्रधानन्यायाधीशका रुपमा कार्यकाल सकिएको भन्दै उनले  तोकेको इजलासमा बस्न अस्वीकार गरेका हुन्  । 

    डा गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आइतबारदेखि शुुरु भएको हो । सोही इजलासमा सुनुवाइ हुँदाहुँदै उनले इजलास बहिष्कारको घोषणा गरेका हुन्  । न्यायाधीश जबराले प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सात जना न्यायायाधीश भएको इजलास बहिष्कार गरेका हुन्  । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast