आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    प्रतिनिधिसभाको बैठक

    वर्तमान सरकारप्रति जनताको धेरै आशा छ : माधवकुमार नेपाल

    प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि गरेको दृढ संकल्पले जनतामा नयाँ आशा जागेको बताए

    आईतवार, २७ फागुन २०७४, आहाखबर

    काठमाडौँ, २७ फागुन

    नेकपा (एमाले) का नेता माधवकुमार नेपालले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनताको ठूलो आशा भरोसा जागेको बताएका छन् ।

    प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि गरेको दृढ संकल्पले जनतामा नयाँ आशा जागेको बताए ।

    मुलुकमा हालसम्म धेरै राजनीतिक द्वन्द्व र आन्दोलन मात्र भएकाले जनताले अब विकास र समृद्धिको चाहना गरेको उल्लेख गर्दै नेता नेपालले भने, “युवा वर्गमा राजनीतिप्रति वितृष्णा पैदा भएको छ, समाजमा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती, विभेद, बेरोजगारीलगायत समाजमा व्याप्त विकृति हटाउन सरकारको काँधमा नयाँ जिम्मेवारी आएको छ ।”

    ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने खालको जनतामा निराशा यसपटक नहुने विश्वास व्यक्त गर्दै उनले देशमा हालसम्म राजनीतिकरण धेरै भयो यसबाट अब मुलुकले मुक्ति खोजेको छ भने ।

    जनताका आधारभूत आवश्यकता पूरा गर्र्ने कुरामा ध्यान दिनुपर्ने बताउँदै नेता नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन आग्रह गरे ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast