आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    नवलपरासीमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सरकारको प्राथमिकतामा

    जनशक्ति र सवारी साधनको व्यस्थापन, छिटो छरितो काम गर्नका लागि सो प्रविधि प्रयोग गरी वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम गरिँदै

    आईतवार, २७ फागुन २०७४, आहाखबर

     

    नवलपरासी, २७ फागुन। 

    जिल्लाका विभिन्न वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको छ । 

    दुईवटा साझेदारी, ३२ वटा सामुदायिक वन र चार हजार हेक्टर चक्ला वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको हो । 

    वन क्षेत्रको उचित व्यवस्थापन, वन संरक्षण र वन सदुपयोग गर्ने उद्देश्यले वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको जिल्ला वन अधिकृत विजयराज सुवेदीले जानकारी दिए  । 

    वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत वन क्षेत्रमा रुखको नक्सांकन, रुखको वर्गीकरण समयावधि पुगेका पुराना रुख कटान अन्य रुख संरक्षण र कटान गर्ने स्थानमा नयाँ रुख रोपण गर्ने गरिन्छ । जिल्लामा यस वर्ष करिब १० हेक्टर वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन गर्ने योजना छ । वैज्ञानिक वन व्यवस्थापनका लागि चक्रिय प्रणालीमा पुराना रुख काट्ने र नयाँ रुख रोप्ने काम सँगसँगै गर्ने गरिन्छ । 

    नवलपरासी (बर्दघाट–सुस्ता) पूर्व र बर्दघाट सुस्ता–पश्चिममा आवश्यकताअनुसारको वन क्षेत्रमा वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको हो । कार्यालयले इन्टरनेट माध्यमद्वारा मोबाइल डाटा व्यवस्थापन ट्र्याकिङ प्रविधिको प्रयोग गरेर वन व्यवस्थापनको काम अघि बढाएको हो । 

    जनशक्ति र सवारी साधनको व्यस्थापन, छिटो छरितो काम गर्नका लागि सो प्रविधि प्रयोग गरी वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम गरिँदै आएको जिल्ला वन अधिकृत सुवेदीको भनाइ छ । जिल्लामा यस वर्ष साझेदारी वनतर्फ एक हजार ८०० हेक्टर क्षेत्रफल, सामुदायिक वनतर्फ छ हजार र चक्ला वनतर्फ चार हजार हेक्टरमा वैज्ञानिक वन व्यवस्थापनको काम जारी छ । साझेदारी वनतर्फ बुद्धशान्ति साझेदारी वन र पारिजात सामुदायिक वन रहेका छन् । 

    कार्यालयले अनलाइन मोबाइल एप्स तयार गरी २४ वटा मोबाइल सेटमा सो प्रविधि व्यवस्थापन गरी दिनभर भएका काम फिल्डबाटै इन्टरनेट मोबाइलमा अपडेट हुने व्यवस्था मिलाएको छ । सो प्रविधिमार्फत फिल्डमा खटिएका कर्मचारीले इन्टरनेटको माध्यमद्वारा गरेका काम तत्कालै सो एप्समा अपडेट गर्ने र त्यसबाट सम्बन्धित फाँट वा शाखामा गरिएको कामको प्रगति तत्काल थाहा हुने व्यवस्था मिलाइएको छ । 

    कार्यालयलाई आवश्यक कर्मचारी, १५ वटा प्रत्येक इलाका कार्यालय, तीनवटा सशस्त्र वन रक्षक क्याम्पमा मोबाइल सेट उपलब्ध गराएको छ । वैज्ञानिक वन व्यवस्थापन सरकारको प्रमुख प्राथमिकता प्राप्त कार्यक्रम हो । सुर्खेत, दाङ, बर्दिया, प्यूठान, कैलाली, कपिलवस्तु, रुपन्देही, पाल्पा, नवलपरासी, मोरङलगायत जिल्लामा सो कार्यक्रम लागू भएको छ । कपिलवस्तुको तिलौराकोट सामुदायिक साझेदारी वनमा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको थियो । रासस 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast