आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    नवनिर्वाचित सभामुख महराद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण सम्पन्न

    आईतवार, २७ फागुन २०७४, आहाखबर
    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित शपथ समारोहमा पद तथा गोपनीयताको शपथ लिदै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा । तस्वीर : रोशन सापकोटा, रासस

    काठमाडौँ, २७ फागुन  । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छिन् । 

    नेकपा (माओवादी केन्द्र)का नेता महरा शनिबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए  ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायत उपस्थित थिए  । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast