बिहिवार, जेष्ठ १५, २०७७
    सावधान

    बसले किच्दा महिलाको मृत्यु, बस चालक देव विसीलाई पक्राउ

    आईतवार, २७ फागुन २०७४, आहाखबर

    सुर्खेत, २७ फागुन  । 

    जुम्लाबाट काठमाडौँ जाँदै गरेको ना४ख ७२४३ नं को बसले किच्दा आज एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जुम्ला, तातोपानी गाउँपालिका– २ सुन्दरगाउँकी २७ वर्षीया माया सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिए ।

    जुम्लाको जर्मी र लिताकोट गाउँबीचको सडकमा उक्त घटना घटेको हो । प्रहरीले कैलालीको टीकापुर– ६ घर भएका बस चालक देव विसीलाई पक्राउ गरेको छ । सार्कीको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको प्रहरीले जनाएको छ । रासस 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast