आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    विश्व सुरक्षा फौज

    सैन्य शक्ति सूचीमा अमेरिका पहिलो स्थानमा, भारत पनि शीर्ष पाँचमा, नेपाल कतिमा?

    एक सय ३३ देशको सूचीमा अमेरिका पहिलो स्थानमा रहेको छ भने रसिया दोस्रो स्थानमा छ , नेपालका दुइ छिमेकी चीन र भारत क्रमश: तेश्रो र चौथो स्थानमा छन

    आईतवार, २७ फागुन २०७४, आहाखबर

    काठमाडौँ फागुन २७ ।

    विश्व सुरक्षा फौज  शक्ति विश्लेषण गर्ने अनुसन्धान संस्था ग्लोबल फायर पावरले सन् २०१७ को  सैन्य शक्ति सूची प्रकाशित गरेको  छ। सुची अनुसार नेपाल ९४औ स्थानमा रहेको छ ।

    एक सय ३३ देशको सूचीमा अमेरिका पहिलो स्थानमा रहेको छ भने रसिया दोस्रो स्थानमा छ  नेपालका दुइ छिमेकी चीन र भारत क्रमश: तेश्रो र चौथो स्थानमा छन ।

    सेनाको वर्गीकरण र विश्लेषणका आधारमा नेपाली सैनासँग हवाई सैन्य शक्ति नरहे बराबर छ तर स्थल सेनाकै भरमा नेपालको वर्गीकरण गरिएकाे हाे। नेपाली सेनासँग कूल १ लाख ५७ हजार सैन्य जनशक्ति छ। यसमा क्रियाशिल करिब ९५ हजार र ६२ हजार रिर्जव रहेका छन्।

    यो सुचीमा परम्परागत हतियारका मात्र लेखाजोखा गरिएको  ग्लोबल  फायर पावरले जनाएको  छ ।सूचीमा पहिलो  स्थानमा रहेको  अमेरिकाको  रक्षा बजेट ५८७ अर्ब डलर रहेको छ। चीनको १६१ अर्ब डलर रक्षा बजेट छ। चीनमा सक्रिय सेनाकाे संख्या करिब २२ लाख छ। रिजर्भ सेना थप १४ लाख छ। चीनसँग ३ हजार लडाकू विमान तथा साढे ६ हजार ट्यांक रहेका छन्।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast