शुक्रबार, जेष्ठ १६, २०७७
    सावधान

    मोरङमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते

    आईतवार, २७ फागुन २०७४, आहाखबर
    फाइल फोटो

    उर्लाबारी, मोरङ, २७ फागुन :

    मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आइतबार बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । 

    पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त २०३७ नंको ट्र्याक्टर बिहान २ः३० बजे सडकदेखि चार फिट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २३ जनाको अवस्था सामान्य रहेको छ । उनीहरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast