आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    दुई-तिहाई नजिक !

    प्रधानमन्त्री ओलीले आज अपराह्नपछि प्रतिनिधिसभामा विश्वासको मत लिने

    आजै एमाले–माओवादी संसदीय दलको संयुक्त बैठक बस्दै, संयुक्त बैठकपछि प्रधानमन्त्रीले संघीय संसद्को विश्वासको मत लिने कार्यक्रम

    आईतवार, २७ फागुन २०७४, आहाखबर

    काठमाडौँ, २७ फागुन ।

    संघीय नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा संघीय संसद्को विश्वासको मत लिने भएका छन् । बाम गठबन्धन तर्फबाट प्रधानमन्त्री बनेका ओलीको पक्षमा सजिलै बहुमत पुग्ने देखिन्छ । 

    यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । 
    पार्टीका प्रवक्ता भुवन पाठकले शनिबार जारी गरेको विज्ञप्तिमा राष्ट्रियता, प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री ओलीलाई आइतबार हुने मतदानमा समर्थन गर्ने भनिएको छ । 

    संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने या नदिनेबारे निर्णय गरेको छैन । आइतबार १२ः०० बजे बस्ने पार्टीको संसदीय दलको बैठकले निर्णय लिने सो पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । 

    सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक समृद्धिका लागि पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको जनाइएको छ । उक्त पार्टीको तर्फबाट प्रतिनिधिसभामा एक सदस्य छन् । 

    यता संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने या नदिनेबारे निर्णय गरेको छैन । आइतबार १२ः०० बजे बस्ने पार्टीको संसदीय दलको बैठकले निर्णय लिने सो पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । 

    राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने यसअघि जनाइसकेको छ । 

    एमाले–माओवादी संसदीय दलको संयुक्त बैठक बस्दै

    पार्टी एकता प्रक्रियामा रहेका वाम गठबन्धन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको संयुक्त बैठक आइतबार बस्ने भएको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संघीय संसद्को प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रमको सन्दर्भमा गठबन्धनका दुवै दलले आफ्नो संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् । बैठक मध्याह्न १२ः३० बजे बस्नेछ । 

    संसदीय दलको संयुक्त बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

    संसदीय दलको संयुक्त बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

    पार्टी एकता गर्ने घोषणा गरेका दुवै दलले संयुक्त संसदीय दलको बैठक अभ्यास गर्दै आएका छन् । संयुक्त बैठकपछि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम छ । अपराह्नपछि हुने विश्वासको मतदानमा आफ्ना सबै सांसदलाई सरकारको पक्षमा मतदान गर्न बैठकले आग्रह गर्ने जनाइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast