आईतवार, भाद्र ८, २०७६
    घुमघाम

    आकर्षक गन्तब्य

    म्याग्दीको सुन्दर पर्यटकीय क्षेत्र 'थामकोट' मा भ्यूटावर निर्माण गरिने

    समुन्द्री सतहदेखि २,२२० मिटर उचाइमास्थित थामकोटबाट मनोरम हिमशृङ्खला, दर्जनौँ गाउँ बस्ती र प्राकृतिक सुन्दरताको अवलोकन गर्न सकिने

    शनिबार, २६ फागुन २०७४, आहाखबर

    म्याग्दी, २६ फागुन :

    पर्यटकीय क्षेत्र रुइसे–भेडीओढार क्षेत्रमा पर्यटक आकर्षणका लागि भ्यूटावर निर्माण गरिने भएको छ । 

    रघुगंगा गाउँपालिकाको वडा नं १, २, ३ र ४ को सीमा क्षेत्रलाई समेटिएको रुइसे–भेडीओढार क्षेत्रमा पर्यटन आगमन बढाउनका लागि भ्यूटावर निर्माण गर्न लागिएको हो । 

    धौलागिरि आइसफल पदमार्गले समेटिएको यो क्षेत्रलाई रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थलका रुपमा विकास गर्न रुइसेको थामकोटमा भ्यूटावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । भ्यूटावर निर्माण गर्न गाउँपालिकाले रु १५ लाख र वडा नं २ ले रु एक लाख बजेट विनियोजन गरेका छन् । 

    हालै गाउँपालिकाको पहलमा प्रदेश सांसद विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष कमला तिलिजालगायतको टोलीले स्थलगत निरीक्षण गरी थामकोटमा भ्यूटावर निर्माणका लागि सिफारिश गरेको छ । 

    समुन्द्री सतहदेखि दुई हजार २२० मिटर उचाइमा रहेको थामकोट डिलमा भ्यूटावर बन्ने भएपछि आवश्यक तयारी शुरु गरिएको वडा नं २ का अध्यक्ष रिम कटुवालले बताए । थामकोटबाट मनोरम हिमशृङ्खला, म्याग्दीका दर्जनौँ गाउँ बस्ती र प्राकृतिक सुन्दरतालाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast