मंगलवार, जेष्ठ २०, २०७७
    मुभी-थिएटर

    आमिरको बायोपिक

    हिरानीले आमिर खानको बायोपिक बनाउने, किताब लेख्न आमिरलाई सुझाव

    जबाफमा आमिरले आफुलाई बायोपिक गर्ने मन भयेपनि समय न भएको बताए,जय दत्तको बायोपिक फिल्म बनाइरहेका राजकुमारले आमिरबारे लेखिएको किताब पर्खाइमा रहेको बताए

    बुधबार, २३ फागुन २०७४, आहाखबर

    फागुन २३ काठमाडौँ ।

    बलिउड निर्देसक राजकुमार हिरानीले अभिनेता आमिर खानको बायोपिक फिल्म बनाउन तयार भएको जानकारी दिएका छन् । आफ्नी श्रीमती मनजीत हिरानीद्वारा लिखित पुस्तक ‘हाउ टू बी–लाइफ लेसन्स बाय बडी हिरानी’को विमोचन कार्यक्रममा फिल्म निर्माता तथा निर्देशक हिरानीले आमिरको बायोपिक फिल्म बनाउने इच्छा देखाएका हुन् ।

    संजय दत्तको बायोपिक फिल्म बनाइरहेका राजकुमारले आमिरबारे लेखिएको किताब पर्खाइमा रहेको जानकारी दिए । यसका लागि आमिरलाई किताब लेख्न उनले सुझावसमेत दिएका छन् ।

    जवाफमा आमिरले केही मानिसले किताब लेख्न भने पनि आफुसंग  समय न भएको बताए  ।आफ्नो बायोपिक फिल्मप्रति इच्छा रहेको जनाएका आमिरले भने, ‘केही पटक किताब लेख्नुपर्ने जस्तो लाग्छ, तर धेरै चिज अगाडि आउँछन् जसले गर्दा ध्यान केन्द्रित गर्न सकेको छुइन् । र पनि प्रयास भने गर्नेछु ।’

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast